धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ । मंगलबार कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, वडा नं.९ त्रिवेणीघाट र वडा नं. १८ डिपो बजारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि रु.९० हजार ८ सय बराबरको प्याज, चिनी, सुटपिस, साडी, कुर्ती, पेयपदार्थलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ कालिपुल र वडा नं. १७ मझगाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.३ लाख १५ हजार ८ सय २० बराबरको पानी तान्ने मोटर, सुर्ती, पापड , किसमिस, साइकलका विभिन्न सरसमान, एक थान मोटरसाइकललगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













