धनगढी । कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका दुईलाख बढीका अबैध सामान प्रकाउ गरेको छ । कैलालीको धनगढी ७ सरस्वती स्कुल नजिक,भजनी ३ कुसुमघाट र जानकी गा.पा.७ गोलौरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु ४६,३८०।– बराबरको प्याज, चिनी, सुर्ती, बिडी, कुरकुरे, लिचिका बोट, कागतीका बोट, अंगुरका बोट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त नपा भिमदत्त नपा ११ बिद्युत कार्यालय नजिक, दोधारा चाँदनी नपा ६ हेल्थपोष्ट नजिक, पुनर्वास नपा ११ डोकेबजार र बेलौरी नपा १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।१,७४,९६८।– बराबरको चिनी, खाने तेल, दाल, सुर्ती, कस्मेटिक सामान, हार्डवेयरका सामान, कुर्ती, धोती, कुर्ता सुरवाल, युरिया मल, पोटास, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













