धनगढी । कैलालीको भजनीबाट प्रहरीले एक जना लाई प्रकाउ गरेको छ । उनलाई लागू औषध सहित पक्राउ गरेको हो । प्रकाउ पर्नेमा टिकापुर १ बस्ने बर्ष ४० का लेखराम चौधरी रहेका छन । बिहिबार साँझ प्रहरी चौकी जनकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी ३ कुसमघाटमा चौधरीलाई शंका लागि चेकजाँच गर्दा उनको साथ बाट ९६० मिलिग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको, र थप अनुसन्धान भईरहेको जनाएको छ ।













