• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

वर्षमानले अर्थतन्त्रको तथ्यसहित गरे खण्डन-प्रधानमन्त्रीलाई निराशाको भाषण कसले लेख्दियो ?

  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित

काठमाडौँ- माओवादी केन्द्रका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक अवस्थाबारे राखेको भनाइको तथ्यसहित खण्डन गरेका छन् । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा राखेको भाषणमा अर्थतन्त्रबारे भावनात्मक निराशाका कुरा रहेको तर तथ्य अर्कै रहेको उनले उल्लेख गरे ।

उनले प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रबारे निराशाको रूपमा व्यक्त गरेको तर त्यस्तो अवस्था नरहेको बताए । प्रधानमन्त्री ओली नेकपाबाट २ तिहाइको बहुमतबाट निर्वाचित भएको बेला भन्दा अहिले अर्थतन्त्र उकालो लागेको तथ्याङ्क रहेको उनले उल्लेख गरे । यो बिचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाले अर्थतन्त्रलाई केही शिथिल बनाउने काम गरेको उनले बताए । हमास र इजरायलबिचको द्वन्द्व, रुस र युक्रेन युद्धका कारण अर्थतन्त्रलाई केही शिथिल बनाउने घटना भएको उनले उल्लेख गरे ।

उनले भने,‘जतिखेर २०७४/७५ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कूल राष्ट्रिय ऋण कुल ग्राहस्त उत्पादनको तुलनामा ऋणको २६ प्रतिशत रहेको थियो । अर्को एकैपटक ३० प्रतिशत पुग्यो । २०७७ सालसम्म ३८ प्रतिशत पुग्यो । साढे ३ वर्ष लगातार ३ वर्ष नेतृत्व गरेर सरकार छोड्ने क्रममा हाम्रो राष्ट्रिय ऋण ४० दशमलव ८ प्रतिशत थियो भने आज त्यही कुरा ४१ प्रतिशतको हाराहारीमा छ । जतिखेर साढे ३ वर्षमा उहाँले एकैपटक साढे १० प्रतिशत राष्ट्रको ऋण बढाउनुभयो, ऋण लिएर घिउ खाने अवस्था बन्यो । आज तीन चार वर्षको अवधिमा १ प्रतिशत मात्र वृद्धि भएको छ राष्ट्रको ऋण जिडिपिको तुलनामा । आज यो कुरा तथ्याङ्कले बताउँछ, के हो निराशाका कुरा । उहाँहरूसँग कस्तो टिम छ र कसको विज्ञताले उहाँलाई फिडब्याक गरिरहेको छ ? देश कता लान्छ त्यस्तो विज्ञताले भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।’

अघिल्लो पटक ओलीले सत्ता छोड्दै गर्दा आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत रहेको, ३ वर्षपछि अहिले ४ प्रतिशत आर्थिक वृद्धिदर रहेको उनले बताए । गतवर्ष १ दशमलव ९ प्रतिशत थियो भने अहिले ४ प्रतिशत हाराहारी सकारात्मक अवस्थामा कसरी निराशाको कुरा गरेको भन्दै उनले प्रश्न गरे ।

समग्र अर्थतन्त्रमा केही शिथिलता भएको साँचो रहेको बताउँदै उनले विश्वव्यापी कारण, आफ्नो अर्थतन्त्रमा केही समस्या रहेको भएपनि भावनाको आधारमा तथ्याङ्क बंगाउन नहुने बताए ।

ओलीले अघिल्लो पटक सरकार छोड्दै गर्दा सोधानान्तर बचतको अवस्था २३ करोड रहेको र अहिले वैदेशिक मुद्राको बचतको अवस्था ४२ हजार ५२७ करोडको अवस्था रहेको पुनले बताए । उनले १९ महिनाका लागि विदेशी वस्तु आयात गर्नका लागि पर्याप्त मुद्रा रहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीलाई भाषण लेखिदिने व्यक्तिले ओलीले पहिले सरकार छोडेका बेला आर्थिक अवस्था कस्तो थियो हेर्नका लागि आग्रह गरे ।

उनले आजका दिनमा बस्तु र सेवाको १३ महिना धान्न सक्ने आर्थिक अवस्था राम्रो हो कि त्यतिबेलाको राम्रो तथ्य भिडाएर हेर्न आग्रह गरे । ओलीले ३ वर्षअघि सरकार छोड्दा वैदेशिक व्यापार घाटा १३ हजार ९८१ रहेकोमा आज १३ हजार ४४ को हाराहारीमा रहेको उनले उल्लेख गरे । उनले त्यतिबेला व्यापार घाटा थियो कि अहिले छ तथ्याङ्कमा हेर्न आग्रह गरे ।

यस्तै त्यतिबेला पुँजीगत खर्च ५७ प्रतिशत रहेकोमा आज ६० प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क रहेको भन्दै भावनाको भाषणले तथ्याङ्कलाई बंग्याउन नहुने उनले बताए । प्रधानमन्त्रीले निराशाको कुरा गरेपनि नेपालको अर्थतन्त्र बिस्तारै लय पक्रँदै अघि बढेकोले सकारात्मक रूपमा लिनुपर्ने उनले बताए ।

  • वर्षमान
आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

समाचार

सबै

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.