धनगढी- कैलालीमा प्रहरीले अवैध काठ बरामद गरेको छ । आइतबार जिल्लाको घोडाघोडी नगरपालिका–११ जबलपुरबाट प्रहरीले काठ बरामद गरेको हो ।
सोही ठाउँका विजय कठरियाको घर पछाडि बेवारिसे अवस्थामा रहेको सालको काठ १ थान गोलिया (११ क्युब फिट) काठ प्रहरी चौकी पहलमानपुरले बरामद गरी आवश्यक प्रक्रिया पूरा गरि कारवाहीको लागि सवडिभिजन वन कार्यालय सुखडको जिम्मा लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ।













