धनगढी । कैलाली जिल्ला अदालतको फैसलाले कैद सजाय जरीवाना ठहर भएका फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार सांझ प्रहरीले धनगढी ७ का १९ बर्षिया गोबिन्द राना र टीकापुर १ का २८ बर्षिया संजिप चौधरीलाई पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतको फैसला कार्यान्वयनको सिलसिलामा बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका उनीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानाएको छ ।
रानालाई अदालतले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको थियो भने चौधरीलाई लागू औषध मुद्दामा रु ५,५००।– जरिवाना तोकिएको थियो ।













