काठमाडौं । नागार्जुन नगरपालिका ५ थापाचोकस्थित खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ९५ रूपैयाँ र ३ बुक तास सहित मंगलवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













