काठमाडौं । काठमाडौं महानगरपालिका २४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
बाँके, बैजानाथ गाउँपालिका-६ रामपुरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा गएराति ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बाँकेबाट १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बाँकेबाट १६ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













