बारा । महागढीमाई नगरपालिका १ बरियारपुर टोलको एक घरमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ८ सय २० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













