काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक एबं प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन।
नेपाल प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल बैठक बसी उनले सुरक्षा संवेदनशीलताका विषयमा ७ वटै प्रदेशका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन ।
उनले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए । अपाराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनको भनाई छ ।
विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्न एंब आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उनले निर्देशन दिए ।
बैठकमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत













