• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

हेल्फ फर हेप्पिनेसले मानव सेवा आश्रमलाई सहयोग गर्दै मनायो वार्षिकोत्सव

  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

धनगढी- सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेश शाखाले धनगढीको मानव सेवा आश्रममा आश्रितहरूलाई सहयोग गर्दै वार्षिकोत्सव मनाएको छ ।

हेप्पिनेसले शुक्रबार आश्रममा आश्रित सडक मानव महिला, पुरुष तथा बालबालिकाको सहयोगार्थ खाद्यान्न लगायतका सामाग्रीहरु हस्तान्तरण गर्दै नवौं वार्षिकोत्सव मनाएको हो ।

मानव सेवा आश्रममा हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाल रहेका थिए ।

मानव सेवा आश्रम कैलालीका संयोजक लोकेन्द्र शाह, आश्रमका अभिभावक संयोजक सिद्धराज पनेरु, बिरेन्द्र बोहोरा, सीता लामा, दिलेन्द्रप्रसाद जोशी, चन्द्रबहादुर सिरमाललगायत अतिथि रहेका थिए । संस्थाका सदस्य केशव पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी सदस्य दीपा देउवाले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक भण्डारीले मानव सेवा आश्रममा रहेका आश्रीतहरुको लागि खाद्यान्न लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको बताए ।

भण्डारीले विगतदेखि संस्थाले खुला आकाशमुनी रात बिताउन विवश, वेसाहारा,स्वयं आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर,जीवन नै जोखिमा रहेका सहयोगापेक्षी, सडक आश्रित मानवहरुको उद्दार, औषधोपचार, पालनपोषण, मानवोचित व्यवस्थापनको लागि र रक्षाको लागि खुशी नपुगेको ठाउँमा खुशी पु¥याउने उदेश्यअनुसार काम गरिरहेको बताए ।

उनले हेप्पीनेसले सबैको साथ, सहयोगले नै नवौं बसन्त पूरा गरेको बताउँदै अगामी दिनमा पनि सबै क्षेत्रबाट सहयोग पाउने अपेक्षा राख्दै साथ, सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् ।

संयोजक ढकालसहितका चार जनालाई सम्मान
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेसले मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालसहितका चार जनालाई सम्मान गरेको छ । सडक मानवहरूलाई आश्रय दिएर भौतिकताले थिचिएको वर्तमान समयमा हराउदै गएको मानवतालाई हृदय वैद्य बनाइ मानवीय संवेदनाको रक्षार्थ अनाथ असहायहरुको सेवामा अग्रपंक्तिमा रहेर समाज र रास्ट्रलाई नै महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान र प्रशंसा पत्रसहित ढाकललाई सम्मान गरिएको हो ।

यस्तै, वर्षभरिमा संस्थामा सर्वाेत्कृष्ट कार्य गरेको भन्दै एचएफएच सुदूर पश्चिमका सदस्य कस्मिर साउद, दीपा देउवा र लोचन भट्टलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ । हेप्पिनेसकै सदस्य कमल पनेरुलाई पनि वर्ष भरिमा सबै भन्दा बढी इमर्जेन्सी रक्तदान गर्ने र रगत व्यवस्थापन गर्ने सदस्यको रुपमा प्रशंसा पत्रसहित सम्मान गरिएको हेप्पिनेसले जनाएको छ । कार्यक्रममा मन्तव्य राख्दै मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि आदर्श ढकालले हेल्प फर हेप्पिनेसले समाजमा गरेका उदाहरणीय कार्यहरुको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आश्रममा सहयोगको अपेक्षा राखेका थिए ।

वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरी सम्पादन गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । संस्थाका प्रदेश संयोजक घनश्याम भण्डारीले मानव सेवा आश्रममा आयोजित औपचारिक कार्यक्रमबीच वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । भण्डारीले एक वर्षको अवधीमा प्रदेशका विभिन्न अस्पतालमा १ सय २८ जना बिरामीका लागि ९७ पिन्ट इमर्जेन्सी रगत व्यवस्थापन गर्दै दान गरिएको बताए । उनकाअनुसार इमर्जेन्सीको ९७ सहित वर्षभरि १ सय ६२ पिन्ट दान गरिएको छ ।
रक्तदान जीवनदानको नारालाई सफल बनाउन केही हदसम्म सफल भएको बताउँदै उनले अगामी दिनमा समेत निरन्तरता दिइने जनाए ।
स्वास्थ, शिक्षा, ट्राफिक नियम लगायतका सामाजिक र राष्ट्रिय महत्त्वका विषयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ । छाडा पशुचौपायाको निःशुल्क औषधी उपचार गर्ने कार्यक्रममा निरन्तरता दिदै विभिन्न आपतकालीन अवस्थाका बिरामी पशुहरुको निःशुल्क उपचार गरिएको छ ।

६ जना बिरामीको उपचारमा सहयोग गरिएको,डिप्रेसनका सिकार भएका ६ जनालाई काउन्सेलिङ गरेर मानसिक स्वास्थ सेवा दिएको भण्डारीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । व्यक्तिको आर्थिक अवस्था हेरेर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको, कृषि, पशुपालन, नर्सरी, पोल्ट्री फार्म सम्बन्धि किसानहरुको क्षमता अभिबृद्दी सम्बन्धि कार्यक्रमहरुलाई निरन्तरता दिदै कृषकहरुको जिवनस्तर उकास्नमा सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएको, बेवारिसे अवस्थामा भेटीएका व्यक्तिहरुको उद्दार गरि विभिन्न संस्थाहरुको समन्वयमा उनिहरुको लालनपालन र निगरानीमा राख्ने तथा सम्बन्धित व्यक्तिको अभिभावक सङ्घ पुनः मिलन गराउने,गरिव जेहन्दार तथा उत्कृष्ट विद्यार्थीहरुको लागि एचएफएच छात्रवृत्ति अन्तर्गत छात्रवृत्ति प्रदान गर्ने,स्वास्थ सेवा सुधारका लागि खबरदारी गर्ने, सरोकारवालालाई सल्लाह सुझाव दिने कामलाई समेत निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशका सह संयोजक प्रियंका अग्रवाल,आपतकालीन असहाय सहयोग कोषका संयोजक भरत बिष्टलगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • हेल्फ फर हेप्पिनेस
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.