ताप्लेजुङ । ताप्लेजुङमा धारिलो हतियार प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । मेरिङदेन गाउँपालिका १ ओख्राबु निवासी ५६ बर्षका श्यामबहादुर ओख्राबु (लिम्बु) लाई धारिलो हतियार प्रहार गरि आफ्नै छोराले हत्या गरेको प्रहरीले जनाएको छ।
३० बर्षका छोरा सुमन ओख्राबुले बुबालाई घरमा रहेको धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताए । प्रहरीले अभियुक्त सुमनलाई बुबाको हत्या गर्न प्रयोग गरेको हतियार सहित पक्राउ गरि अनुसन्धान थालिएको जनाएको छ ।













