• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाली पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका १३ बुँदा

  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

१. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ। तर हाम्रा सञ्चारमाध्यमले तत्कालै आरोपितलाई अपराधी करार गरिहाल्छन्। हिजो सन्दीप लामिछाने, अस्ति पल शाह जस्ता हजारौं घटनाहरू छन्, जहाँ पत्रकार र सञ्चारमाध्यमले प्रहरीले औपचारिक रुपमा मुद्दा दायर नगरीकनै पीडित र आरोपितका निजी सूचनाहरू छताछुल्ल पारेका छन्।

२. आरोपितलाई कानुनी दायरामा ल्याएर न्यायिक प्रक्रियामा लैजाने कुरामा बिमति हुँदै होइन। तर आरोप प्रमाणित नभएका दर्जनौं घटनाहरू छन्, जहाँ मिडिया रिपोर्टिङका कारणले आरोपित वा पीडित अझ पीडित भएका हुन्।

३. विदेशतिर आरोप लाग्ने बित्तिकै त्यो व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गर्न कानुनतः बन्देज लगाइएको हुन्छ। आरोपितलाई जनाउन प्रहरीले कुनै कोड वा संकेत दिन्छ। जस्तै ‘फलानोको घर लुटपाटमा संलग्न ककेसियन मूलको वर्ष ४० को पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।’ प्रहरीको प्रारम्भिक छानबिनले आरोप पुष्टि हुने आधारसहित अदालतमा मुद्दा चलेको अवस्थामा पनि त्यो घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरिँदैन।

४. यदि आरोपित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गरिएमा त्यो व्यक्तिले सफाइ पाएको खण्डमा दशौं लाख जरिवाना दाबी गरेर पत्रकार र मिडियाका विरुद्ध मुद्दा हाल्छ। त्यहाँ पत्रकार चोख्याउन प्रेस काउन्सिल वा कुनै राजनीतिक दलका कार्यकर्ता पत्रकार हुँदैनन्। तब मिडियाले जरिवाना तिर्नै पर्छ।

५. हिजो सन्दीप लामिछानेको केसमा पीडितको जाहेरीका आधारमा सन्दीप लामिछानेका विरुद्ध जतिपनि समाचार आए त्यसलाई पुष्टि गर्ने आधार भनेको प्रहरीको गोप्य स्रोत हो। प्रहरी संगठनमा पनि यस्ता संवेदनशील सूचनाको संरक्षण गरी न्यायिक प्रक्रियालाई अघि बढाउनु पर्नेमा पत्रकार र मिडियाको प्यारो हुने लालसा छ। अझ कतिपय प्रहरीले त पीडितको जाहेरीकै फोटो खिच्नै पनि दिनसक्छन्।

६. कतिपय मिडियाले सन्दीप लामिछानेको तीन पुस्ते विवरण सार्वजनिक गरिसकेपछि उनको फोटोमा एक धर्सो कालो पोतेका छन्। मानौं, आरोपितको सबै गोपनीयता त्यही कालो धर्सोले संरक्षण गर्छ। सञ्चार संस्था र पत्रकारलाई यस्ता संवेदनशील सूचनाका बारेमा वा व्यक्तिको गोपनीयताको संरक्षणका बारेमा सोच्ने फुर्सत छैन।

७. पल शाह प्रकरणमा कतिपय मिडियाले समीक्षा अधिकारीका तर्फबाट उनका पिताले दिएको जाहेरीको कपि नै जस्ताको तस्तै सार्वजनिक गरेका थिए। पत्रकारिताको आवरणमा त्यो वैयक्तिक गोपनीयताको उल्लङ्घन एवम् सरासर अपराध हो। यसले के देखाउँछ भने हामीले सूचना पायौं भने पीडितको तीन पुस्ते पनि सार्वजनिक गर्दिन्छौं, आरोपित त दूरको कुरा।

८. केही वर्षअघिसम्म हाडनाता करणीका घटनामा सञ्चारमाध्यमले पीडितको नाम गोप्य राखेर आफन्तको साइनो र अन्य सबै विवरण सार्वजनिक गर्थे। उदाहरणका लागि कुनै काकाले भतिजी करणी गरेमा भतिजीको नाम गोप्य राखेर काकाको तीन पुस्ते विवरण खुलाइदिए पछि पीडितको गोपनीयता बाँकी रहन्छ रु त्यति सोच्ने फूर्सद धेरै पत्रकारलाई थिएन। धेरै वर्षको वकालतपछि हाडनाता करणीमा पीडित एवम् आफन्त दुवैको नाम गोप्य राख्न थालिएको छ।

९. तर अझै पनि कुनै (यौन) हिंसामा पुरुष पीडित छन् र महिला आरोपित छन् भने धेरैजसो पत्रकारले पुरुषको तीन पुस्ते लेखेर महिलाको नाम गोप्य राख्छन्। यो श्राद्धमा बिरालो बाँध्ने चलन अझै जारी छ।

१०. केही वर्ष अघिसम्म आरोपितलाई प्रहरीले अगाडि राखेर पत्रकार सम्मेलन गरेर पत्रकारका अघि अपराध कबुल गर्न लगाउँथ्यो। उनीहरुलाई आफ्नो अनुहार छोप्न दिइँदैनथ्यो। तर विस्तारै गोपनीयताको कुरा उठेपछि प्रहरीले भारत वा अन्य देशमा झैं मखुण्डो लगाइदिन थाल्यो। तर, उनीहरुको यथार्थ विवरण जस्ताको तस्तै आइरहेछ।

११. यौनहिंसा या पारपाचुके जस्ता मुद्दामा अदालती फैसला प्राप्त हुने बित्तिकै त्यहाँ उल्लेख भएका सबै गोप्य सूचनाहरूलाई जस्ताको तस्तै सञ्चारमाध्यममा सार्वजनिक गर्ने चलन छ। सार्वजनिक मात्रै हो र रु ती सूचना वा फैसलाहरुलाई सबैले सधैं भेट्न सक्ने गरी डिजिटल आर्काइभिङ गरिन्छ। त्यसले मानिसको जिन्दगीमा ठूलो असर पार्छ। डिप्रेसन र आत्महत्याको बाटोसम्म पुर्याउँछ।

अपराधको आरोप लागेका सबैमाथि यथाशीघ्र निष्पक्ष छानबिन र सुनुवाइ हुनुपर्छ। प्रहरीले तत्कालै त्यस्ता घटनाहरूलाई न्यायिक निरुपणमा लानुपर्छ। त्यसमा दुईमतै छैन। तर, मिडियाको प्यारो हुन प्रहरी, अदालत वा अख्तियार जस्ता न्यायिक एवम अर्धन्यायिक निकायले सूचना चुहाउँदै आएका छन्। पत्रकारले जे भेट्यो त्यही छापेका छन्। सूचनामाथिको संवेदनशीलता स्वाहा। यो लापरबाही बन्द हुनुपर्छ।

१२. अझ कतिपय भिआईपीहरू छन्, जो कसैका विरुद्ध नियतबश अख्तियारमा अनलाइनबाट बेनामे उजुरी दर्ता गराउँछन्। अनि मिडियामा फलानोको विरुद्ध यस्तो आरोपसहित अख्तियारमा उजुरी परेको छ भन्दै समाचार छताछुल्ल पार्छन्। अनि अख्तियारको उजुरी नम्बर भएपछि ‘पत्रकार’ लाई के चाहियो रु उसका सात पुस्ते विवरण छ्यालब्याल। कुनै दिन यस्तो संवेदनशील विषयमा कहीं गम्भीरतापूर्वक छलफल भएको छ ?

१३. धेरै पत्रकार र सञ्चारमाध्यमका लगानीकर्ताहरू देशविदेश घुमेका छन्। स्वदेशी विदेशी तालिम लिएका छन्। व्यक्तिको सूचना र गोपनीयताको अधिकारका बारेमा जानकार पनि छन्। तर, कसैमाथि कुनै आरोप लागि सक्दा यति लापरबाहीपूर्ण ढंगले वैयक्तिक सूचनाको कारोबार कुन देशमा हुन्छ रु भन्न सक्छन् रु अरु त अरु अलि नाम चलेका अन्तर्राष्ट्रिय मिडियाले त्यस्तै घटनामा कसरी रिपोर्टिङ गर्छन् भन्ने गुगल गरेर पढे हुने। त्यसबाट धेरै सिक्न सकिन्छ।

लेखकको टिप्पणी: म सन्दीप लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिन। क्रिकेट मेरो रुचिको खेल होइन। त्यसैले माथिको कुराकानी सन्दीपको पक्षपोषण गर्न लेखिएको होइन। यस विषयमा छलफल गरौं। सौचौं। थिति बसालौं।

(आचार्य क्यानडास्थित अटोवा विश्वविद्यालयमा आमसंचार तथा पत्रकारितामा आचारसंहिता विषयमा अनुसन्धान तथा पठनपाठन गर्छन्। यो आलेख उनको फेसबुक पोस्टबाट साभार गरिएको हो। सं.)

  • पत्रकारिता
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.