• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

महिनावारी भएका महिलालाई गोरस नदिने चलन कायमै

  •   आइतबार, असोज २७, २०८१ मा प्रकाशित

बाजुरा- बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ । यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही मही) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ ।

धामी झाँक्रीकै कारण गाउँमा आफू महिनावारी हुँदा दुध, दही र महीजस्ता पौष्टिक तत्त्व कहिल्यै पनि खान नपाएको बुढीगङ्गा नगरपालिका–१० बदेडाका स्थानीय सीता नेपालीले बताइन् ।

उनले भनिन्, “आफू सहर बजारमा गएको बेला त्यहाँ दुध दही महिजस्ता खानेकुरा खान पाइन्छ । तर गाउँमा आए भने महिनावारी भएका बेलामा दुध दही मही खान त गाईभैँसीको शरीरमा समेत छुन दिँदैनन् ।”

स्वास्थ्यकर्मीहरुले महिनावारी तथा सुत्केरी भएका बेला घरमा दुध, दही र महिजस्ता पोषिला तथा झोलिलो खानेकुरा खानुपर्छ, भन्नुभयो । यता घरमा भने आफूलाई महिनावारी भएका बेलामा त्यस्ता चिज कहिल्यै नदिने गरेको नेपालीले बताइन् ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदलगायतका अधिकांश ठाउँमा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) जस्ता पोषिला खानेकुरा खान दिँदैनन् ।

यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका महिलालाई दुध, दही र मही दिएपछि घरमा अनिष्ट हुने तथा गाईभैँसी नब्याउने भन्ने डर देखाउँदै आएकाले यहाँका स्थानीयले महिनावारी भएका बेला महिलालाई गोरस नदिने गरेका हुन् ।

बाजुराका अधिकांश ठाउँमा महिनावारी भएका महिलालाई अहिले पनि छाउगोठमा सुत्न लगाउने गर्दछन् । महिनावारी हुँदा उनीहरूलाई न त घाँस कटाउँछन् । तर उनीहरूलाई दुध, दही र मही खान दिन्छन् ।

यहाँ महिनावारी भएका महिलालाई मात्र होइन कि सुत्केरीलाई पनि कहिल्यै गोरस दिँदैनन् । उनीहरूलाई घिउ दिने गरेको भए पनि गोरस भने अहिलेसम्म दिने गरेको छैन ।

“छाउपडी कोदोको रोटी सुत्केरी घिउ खानी” भन्ने उखान यहाँ जीवितै छ । महिला महिनावारी भएका बेला सुख्खा रोटी दिने र सुत्केरी भएका बेला घिउ दिने गरेकाले यहाँका स्थानीयले यो उखान भन्ने गरेका हुन् ।

महिनावारी भएका महिलालाई गोरस दियो भने गाउँका धामीझाँक्रीहरुले रिसाउने गरेको बुढीगङ्गा नगरपालिका १० बदेडाका स्थानीय मन सार्कीले बताए । उनले भने, “कोही कसैले लुकाएर महिनावारी भएका बेलामा महिलालाई गोरस दिएको थाहा पाएपछि गाउँमा धाँमीझाँक्रीहरुले देउता गाडेर तँइले उनीहरूलाई गोरस किन दिएको अब तेरो घरमा गाईभैँसी पाल्न बन्द गर्छु भनेर डर देखाउने गर्दछन् ।”

त्यही डरका कारण गाउँमा कसैले पनि महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही, मही) नदिने गरेको सार्कीले बताए ।

महिनावारी भएका महिलाले यदि गाईभैँसीको शरीरमा छोयो भने कन्या केटीमार्फत सातवटा मुहानको पानी ल्याउन लगाउँछन् । पानीमा सुन राख्छन् । त्यसपछि त्यसै कन्या केटीलाई गाईभैसीको शरीर नुहाउन लगाउँछन् ।

यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका महिलाले छाना छायो भने त्यसमा गाईभैँसी राख्न हुँदैन भन्ने डर देखाउँदा यहाँका स्थानीयले छानामा बोका काटेर पूजापाठ गर्ने गरेको सार्कीले बताए । गोरखापत्रबाट

  • महिनावारी
आइतबार, असोज २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.