धनगढी- कैलालीको धनगढी उप–महानगरपालिका – १३ स्थित धनगढी एयरपोर्ट जाने मोर्ड नजिक मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका –७ कलुवापुरका ३५ वर्षीय गोबिन्द झुकालले चलाएको सुपप्र ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट नाम, थर ठेगाना नखुलेका अन्दाजी ५०/५५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्युपछि उनको शव सेती प्रादेशीक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।
प्रहरीले चिन्ने व्यक्ति वा आफन्तलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क राख्न आग्रह गरेको छ ।















