काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका छन् ।
संसद् भवनको लोस्से हलमा भएको छलफलमा प्रतिपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ । रातोपाटीबाट













