धनगढी । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका मानिसलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २ महिना २ दिन कैद सजाय र रु.२,०००। जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी १३ झलारी बस्ने बर्ष ३२ को गोपाल राना , बिना इजाजत वन पैदावार ओसारपसार मुद्दामा रू.१२,८२० जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर ६ सिमरी बस्ने बर्ष ४२ को आशिष कठरीया रहेको प्रहरीले जनाएको छ ।













