धनगढी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघको प्रदेश भेला यही कात्तिक २९ गते हुने भएको छ । सो भेलाले नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशस्तरीय कमिटी निर्माण गरिने भएको हो ।
प्रदेश कमिटी निर्माण गर्न भेला आयोजनाका लागि संयोजकमा बहादुर खड्का र सचिवमा दुर्गा अधिकारीलाई जिम्मेवारी दिइएको एकीकृत समाजवादीका कार्यालय सचिव लालबहादुर शाहीले जानकारी दिए ।













