धनगढी । कैलालीमा एक लाख बढी मुल्यको पटाका सहित मिन बहादुर बुच्चा मगरलाई आज प्रहरीले पक्राउ गरेको छ ।
कैलाली धनगढी उप-महानगरपालिका ८ धनगढीगाँउ स्थित कार्यालयबाट खटिगएको प्रहरी टोलीले २ सन्तोषीटोल बस्ने बर्ष ४१ को मगरले चलाएको सु.प.प्र. ०१-००१ ज १४८२ न. को कारलाई शंका लागि चेकजाँच गर्दा उक्त कार भित्र रु.१,०४,३४०।- एक लाख चार हजार तिन सय चालिस बराबरको ३ कट्टा पटाका फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले कार र पटाका नियन्त्रणमा लिई मगरलाई बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता भई जिल्ला अदालत कैलालीबाट ७ सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रबक्तmा एबं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।













