धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।
जिल्लाको गोदावरी नगरपालिका–४,हनुमान मन्दिर नजिक, भजनी नगरपालिका–३ बदलाचोक, वडा नं.७ हिक्मतपुरघाट, जोशीपुर गाउँपालिका–३ फाँडिया र कैलारी गाउँपालिका– ५ मनिकापुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३ लाख ७० हजार ३६० मूल्य बराबर सामान नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्यमा प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु,मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जी, उनीकोट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













