• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

सुदूरपश्चिममा उज्यालो नेपालको लक्ष्य अझै पूरा भएन

  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित

धनगढी- नेपाल सरकारले गत आर्थिक वर्ष २०८०/०८१ सम्म देशका सबै घरधुरीमा विद्युत सेवा पुर्‍याइसक्ने लक्ष्यका साथ उज्यालो नेपाल कार्यक्रम घोषणा गरेको थियो । तर सुदूरपश्चिममा सो लक्ष्य पूरा हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीकरणको काम लगभग पूरा भएको छ भने पहाडी जिल्लामा विद्युतीकरणको काम सुस्तगतिमा भइरहेको छ । तथ्यांकअनुसार कैलालीमा ९९.१२, कञ्चनपुरमा ९९.९८, डडेल्धुरामा ९१.०३, बैतडीमा ५७.६, डोटीमा ८०.४५, अछाममा ६४.४६, दार्चुलामा ८९.६४, बझाङमा ६६.७४ र बाजुरामा २९.२४ प्रतिशत विद्युतीकरण भएको छ । आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रममा सरकारले उज्यालो नेपाल अभियान घोषणा गरेको थियो ।

सो समयमा कैलालीमा ९५.२७, कञ्चनपुरमा ९७.५८, डडेल्धुरामा ७९.८४, बैतडीमा ३४.३६, डोटीमा ८१.१९, अछाममा ४५.३६, दार्चुलामा ४०.५८, बझाङमा २१.५८ र बाजुरामा १३.४४ प्रतिशत विद्युतीकरण भएको थियो । आठ जिल्लामा विद्युतीकरण भए पनि डोटी जिल्लामा भने घरधुरी बृद्धिको अनुपातमा विद्युतीकरण निकै कम भएकोले विद्युतीकरण प्रतिशत घटेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा पाँच लाख ७६ हजार ७७२ घरधुरी छ । ती घरधुरीमध्ये तीन लाख ४५ हजार ४६३ घरधुरीमा राष्ट्र्रिय प्रसारण लाइनबाट विद्युत पुगेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा चार लाख ६८ हजार ८०५ परिवार विद्युत सेवाको पहुँच पुगेको छ । ९४ हजार ६ परिवारले सोलार, एक हजार ६४६ परिवारले मट्टितेल, २१० परिवारले वायोग्यास र १२ हजार १०५ परिवारले अन्य स्रोतबाट उज्यालो पाउने गरेका छन् । तथ्यांकअनुसार एक लाख २३ हजार ३४२ परिवारले स्थानीय लघु जलविद्युत आयोजनाबाट विद्युत प्रयोग गर्दै आएका छन् ।

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार प्रादेशिक कार्यालय र मातहतका वितरण केन्द्रमार्फत् भएको विद्युतीकरण गरेको तथ्यांकअनुसार ८६.५८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको हो । प्राधिकरणको केन्द्रीय कार्यालयले आयोजनामार्फत् पनि सुदूरपश्चिममा विद्युतीकरण गरिरहेको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक जंगबहादुर चन्दले आयोजनामार्फत् दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाम जिल्लामा विद्युतीकरण भइरहेको बताए ।

‘हामीले विद्युतीकरणका लागि प्रदेशका प्रत्येक जिल्लामा गर्नुपर्ने काम र लागत स्टिमेट गरी पठाएको थियौं,’ निर्देशक चन्दले भने, ‘एक जिल्लामा विद्युत विस्तार गर्न झण्डै एक अर्ब खर्च लाग्ने अनुमान छ । उज्यालो नेपाल कार्यक्रम अन्तर्गत निर्धारित मितिमा विस्तारको काम सक्न धेरै रकम लाग्ने भएपछि प्राधिकरणले ऋण लिने निर्णय गर्‍यो । विश्व बैंकले दिएको ऋण अनुदानबाट प्राधिकरणले प्रोजेक्ट खडा गरी कार्यान्वयन गरिरहेको छ । पहिलो चरणमा डोटी, अछाम, डडेल्धुरा र बैतडीमा काम भइरहको छ । यहाँ आउने आर्थिक वर्षमा सम्पन्न हुनसक्छ । दोस्रो चरणमा दार्चुला, बझाङ र बाजुरामा टेण्डर भएर काम भइरहेको छ । बझाङको एउटा प्याकेजमा टेण्डर डिफल्ट भएको कारण रिटेण्डर गर्नुपर्ने भएको छ । यो काम केन्द्रीय कार्यालयले गरिरहेकोले प्रादेशिक कार्यालयले डिलेट दिनसक्ने अवस्था छैन । कैलाली कञ्चनपुरमा विद्युतीकरणको काम लगभग सकिएको छ । प्राधिकरणको सम्बन्धित वितरण केन्द्रहरूले काम गरिरहेका छन् ।’

प्राधिकरणले सुदूरपश्चिममा ३३ केभी प्रसारणलाइन ७८१, ११ केभी प्रसारण लाइन चार हजार ५४३, ४४०/२२० भोल्ट प्रसारण लाइन १५ हजार ७४० किलोमिटर विस्तार गरेको जनाएको छ । त्यसैगरी ३३ र ११ केभीको सबस्टेसन २५ वटा निर्माण भइसकेका छन् भने ती सबस्टेसनको क्षमता २२० एमभीए छ । सुदूरपश्चिममा तीन लाख ७२ हजार ५१२ ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

जसमध्ये गार्हस्थ ग्राहक संख्या तीन लाख ४५ हजार ४६३ छन् । गैरगार्हस्थ एक सय, कमर्सियल २२ सय ४९, नन कमर्सियल चार हजार २०, औद्योगिक ३५ सय ७४, स्ट्रिट लाइट १२०, सिँंचाइ १५ हजार ३६८, वाटर सप्लाई १९७, धार्मिक ७६१, आन्तरिक खपत ६४, अस्थायी ८२, ट्रान्सपोटेसन १७, मनोरञ्जन १, सामुदायिक ४९६ ग्राहक रहेका छन् । जसबाट वार्षिक ३७ करोड ५९ लाख ११ हजार ११ युनिट विद्युत खपत हुने गरेको प्राधिकरणले जनाएको छ । सुदूरपश्चिममा १० वटा ठूला जलविद्युत आयोजनाबाट १७५ मेगावटा विद्युत उत्पादन हुने गरेको छ ।

  • उज्यालो नेपाल
सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.