धनगढी । कैलालीका बिभिन्न भारतिय नाकाबाट छलीगरी ल्याएको ४ लाख ६२ हजार पचास मुल्यको सामान प्रहरीले कार्बाहीका लागी भन्सार कार्यालय पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिगएको प्रहरी टोलीले कैलालीका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको सो मुल्य बराबरको मालसामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका मिलनचोक र खेदाघाटबाट रु.५७,५५० बराबरको कपडा र किरानाका सामानहर प्रहरीले फेलापारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
भजनी नगरपालिका स्थित डक्टरघाट रु.२,१९,५००। बराबरको कपडा सुर्तिजन्य पदार्थ बरामद गरेको छ भने कैलारी गाउँपालिका ५ रु. १,८०,०००।मुल्यको आलु, गुड र मुफली बरामद गरेको उनले बताए ।
त्यस्तै कैलालीको जोशिपुर गाउँपालिका वडा ५ फाडियाबाट रु.५०००। मुल्य बराबरको चिनि बरामद गरेको उनले जानकारी दिए ।













