काठमाडौं । कात्ठमाडौं महानगरपालिका-४ मा एकघरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ४ सय ६५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, बाह्रदशी गाउँपालिकामा एक घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ७० रूपैयाँ, १४ बुक तास र ३ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













