• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

  • १०. सांसद पाठकले लगाए जेई खाेप

छेउमै बग्छ सुर्नया,तिर्खाले काकाकुल भएर हिड्छन् काँडावासी

  •   बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित

बैतडी- छेवैमा सुर्नया नदी बगे पनि योजना र बजेट नहुँदा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्दा काँडावासी तिर्खाले काकाकुल भएर हिँड्ने गरेका छन् । यहाँ जिल्लाकै प्रसिद्ध मेलौली भगवतीको मन्दिर, आयुर्वेदिक औषधालय, मणिलेक मावि, प्राथमिक स्वास्थ्य केन्द्र, मणिलेक बहुमुखी क्याम्पस र काँडाबजार क्षेत्र गरी ठुलो जनसङ्ख्या पानी नपाएर काकाकुल बनेको छ ।

मेलौली नगरपालिकाका–१, २, ७, ८ र ९ नम्बर वडालाई छोएर तलतिर सुर्नया नदी बगिरहेको छ । नगरपालिकाको उत्तरतिर ग्वाल्लेक संरक्षित वनको पानी, नगरको ३ नम्बर वडाको ढणैनखोला, ५ नम्बरको महारुद्रको खोलालगायत ठाँणखोला र मर्छलेखोला बगिरहे पनि मेलौली नगरपालिका–७, काँडामा पानी ल्याउने योजना र बजेट नहुँदा पानीको हाहाकार भएको हो ।

मेलौली नगरपालिका–७ को ओरडपाखा भएर सुर्नया नदी बगिरहे पनि काँडाबजारमा पानीको योजना आउन नसकेको स्थानीय उपभोक्ता भोजराज भट्टले पीडा सुनाए । बजारसँगै जोडिएको चौकुने गाउँमा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझो छ । सिँचाइ नहुँदा मेलौली बजारमा बाहिरबाट तरकारीलगायत दैनिक उपभोग्य वस्तु आयात हुने गरेको छ ।

काँडाबजारमा मात्रै २६० घरपरिवार बसोबास गर्छन् । मणिलेक माविमा एक हजार तीन सय र क्याम्पसमा चार सय विद्यार्थी अध्ययनरत छन् । पानी नहुँदा शिक्षक र विद्यार्थीले खोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको मणिलेक बहुमुखी क्याम्पसका प्रधानाध्यापक भीमसिंह धामीले पीडा सुनाए ।

धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नु परेको पीडा उनले सुनाए । काँडाबजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना जीर्ण हुँदा समस्या भएको उपभोक्ताले बताएका छन् । पानीको हाहाकार भएपछि स्थानीय ३२ परिवारले प्रतिव्यक्ति ४५ हजार रुपियाँ सङ्कलन गरेर नजिकैको पटौट खोलाबाट सौर्य पाता जडान गरेर पानी तान्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

बजेट भइदिए नजिकैको महादेवखोलाबाट पानी लिफ्ट गर्न सकिने स्थानीय उपभोक्ता लोकराज भट्टले बताए । काँडाबजारसँगै जोडिएको मेलौली नगरपालिका–१ मा सुर्नया नदीबाट पानी लिफ्ट गरिएको छ । सँगै जोडिएको काँडाबजारमा पानी लिफ्ट गर्न स्थानीय सरकारबाट नयाँ योजनाका लागि प्रस्ताव आउनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले बताएको छ । खानेपानी कार्यालयका प्रमुख गोविन्द देवकोटाले स्थानीय सरकारबाट योजना नै नआएको बताए । उनले यो वर्ष उपभोक्तालाई लिफ्ट खानेपानीको प्रस्तावना पेस गर्न अनुरोध गरेको बताए । खानेपानीको समस्याका विषयमा नगरपालिकामा गुनासो आएकाले मुहानको खोजी भइरहेको मेलौली नगरपालिकामा प्रमुख भीमबहादुर चन्दले बताए ।

काँडाबजारको खानेपानी समस्याका विषयमा नगरपालिकामा छलफलसमेत भएको र सुर्नया नदीबाट पानी लिफ्ट गर्न नगरपालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई गुहार्ने नगरप्रमुख चन्दले बताए । गोरखापत्रबाट

  • काकाकुल
बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
लागूऔषधसहित एक युवक पक्राउ
कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद
कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह
कस्तो रहला आजको मौसम ?
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

समाचार

सबै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

लागूऔषधसहित एक युवक पक्राउ

कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद

कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

लागूऔषधसहित एक युवक पक्राउ

कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद

कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.