धनगढी । कैलालीको धनगढी ५ मा ३६ किलो ६६२ ग्राम चरेश प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटि गएको प्रहरी टोलीले सो चरेश पक्राउ गरेको हो । धनगढी ०५ लब्लि चोक स्थित प्रहरी चेकजाँचको क्रममा अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर मोसा लाई चेकजाँच गर्न खोज्दा चालक सहित पछाडी सवारको नाम, थर, वतन खुल्न नआएका व्यक्तिहरुले सेतो कलरको १ कट्टा बोरा मा ३६ किलो ६६२ ग्राम प्लाष्टिक सहित चरेश फाली भागी फरार रहेका र उक्त मोसा र निजहरु दुबै जनाको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहरालृे जानकारी दिए ।













