धनगढी । कैलालीमा भनसार छलीका करिब एक लाख ७७ हजार ८५० मुल्य बराबरको सामान प्रहरीले पक्राउ गरेको छ । धनगढी
९ त्रिवेणीघाट, १५ उर्मी र गोदावरी १ धनगढी रोडबाट भारतबाट भन्सार छलि गरि ल्याएका रु १,७७,८५०।– बराबरको बिडी, सुर्ती,
कुर्ता, सल, कुर्ता सुरवाल, काठको चम्चा, डिस्पोजल प्लेट, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको हा्े । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले सो सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













