बैतडी । प्रहरीले बैतडीमा २५ ग्राम चरेश सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी, दोगडा केदार गापा ६ पञ्जुनँया बस्ने बर्ष ४० को तारा सिह कार्की रहेका छन । प्रहरी चौकी गोकुलेश्वर, बैतडीबाट खटिएको प्रहरी टोलीले मासु पसलमा लुकाई छिपाई राखेको अवस्थामा २५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको र , थप अनुसन्धान भईरहेको जनाएको छ ।













