बैतडी । बैतडीको सिगास गाउँपालिका १ मा आज शोक बिदा दिइएको छ। शनिवार भएको जिप दुर्घटनामा परी सो गाउँका दुईको जनाको मृत्यु र चार जना घाइते भएका थिए । आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीद्वारा हस्ताक्षिरित सूचनामा भनिएको छ।
दुर्घटनामा सिगास–१ खरकेउडाकी १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको थियो।
सिगास–१ का ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी घाईते भएका थिए । घाईते चारै जनाको उपचार भईरहेको छ ।
शनिवार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो।













