धनगढी । अनेरास्ववियुको गढ कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिना कोषाध्यक्षमा विजयी भएका छन् । लामो समयदेखि अनेरास्ववियुले जित हासिल गर्दै आएको यस क्याम्पसमा यसपटक भने अखिल क्रान्तीकारीले कोषाध्यक्षमा जित निकाल्न सफल भएको हो ।
अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिनाले ६०८ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेविसंघकी प्रमिला शाहले ६०४ मत प्राप्त गरी हार बेहोरेकी छन् । त्यस्तै,अनेरास्ववियुका प्रकाश भट्ट ४९२, अनेरास्ववियूकी अंगीता चौधरीले १६३ र स्वतन्त्र विद्यार्थी एकता समुहका खेमराज भट्टराई ४३ मत प्राप्त गरेको स्ववियु निर्वाचन समितिले जनाएको छ ।













