धनगढी ।उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासका लागि सरकार योजनावद्ध रुपमा अघि बढीरहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको विशेष सभामा बोल्दै उनले देशको सन्तुलित विकासको लागि लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधार गरेको बताए ।
उनले सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकोले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकास लगायतका विषयलाई उच्च प्राथमिकता दिइएको बताए ।
उनले सरकारले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास गर्न आवश्यक रहेको बताउँदै सेवाको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर नीतिगत सुधार गर्दै आएको बताए ।
मन्त्री भण्डारीले सरकारले उद्योगको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न विभिन्न नीतिगत कार्यक्रमको प्रयास थालेको बताए ।
देशमा महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाको कामले गति लिइरहेको बताउँदै उनले सरकारले रोजगारी सृजनाका अवसरहरुलाई पनि प्राथमिकतामा राखेको बताए ।
राजनीतिक अस्थिरताका कारण देशमा विकास निमार्णका कामले गति लिन नसकेकोले राजनीतिक स्थिरता र विकास निर्माण गर्न दुई ठूला दल मिलेर सरकार बनाउनु परेको उनको भनाइ थियो ।
उनले दोधरा–चाँदनी सुख्खा बन्दरगाह स्थापना भइसकेकोले र गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम अन्तिम चरणमा पुगेको बताए ।
देशको समग्र विकासका लागि सरकार योजनावद्ध रुपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी
देशको समग्र विकासका लागि सरकार योजनावद्ध रुपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













