कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले समाबेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेको बताएका छन् ।
नेपाल महिला संघ कैलारी गाउँपालिकाले भितरियामा आयोजना गरेको नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन् ।
उनले लोकतन्त्र संस्थागत गर्न महिलाहरुले खेलेको भुमिकाको चर्चा गर्दै प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा डा जीवन रानालाइ उपाध्यक्षको जिम्मेवारी दिएको बताए ।















