बाँके । नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने महेश कट्टेलको सोही ठाउँस्थित नेपालगंज सोफा हाउसबाट नगद ४ लाख ६६ हजार रूपैयाँ सोमबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













