दार्चुला । दार्चुमा मोटरसाइक चलाइरहेका बेला भिर बाट ढुङ्गा खस्दा एक जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा दार्चुला ४ खर्कुच्चा बस्ने बर्ष ३६ का केशब राज ओझा रहेका छन् ।
सोमबार साँझ दार्चुलाको लेकम ४ गोदाली स्थित भित्री सडक खण्डमा रिठाचौपाताबाट सोही गाउँपालिका तर्फ जाँदै गरेको ऐ.४ खर्कुच्चाका ओझा , बि.नि. ले चलाएको सु.प.प्र.०१-००१ प ७२९ नम्बरको मोटरसाइकल चलाई रहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसि उनी गम्भिर घाईते भई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ ।













