धनगढी । कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–७ का १३ वार्षीय किशोर र मानब बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–९ सोहनपुरका ५९ वर्षीय बदलु चौधरी पक्राउ परेका छन् ।
त्यस्तै,बैङ्किङ कसुर मुद्दामा ३ महिना कैद सजाय र रु.८ लाख ९७ हजार २५ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-१८ का ५३ वर्षीय वीरबहादुर देउवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका तीनै जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।














