धनगढी । लागुऔषध मुद्दामा फरार एक जना महिला पक्राउ परेकी छन् ।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा ३ वर्ष ३ महिना २२ दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका-१० की २९ वर्षीया पृति राना पक्राउ परेको प्रहरीले जनाएको छ ।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाइएको छ ।













