• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ८. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

नेपालीको १६ बिगाहा जमिनमा भारतीयको रजगज

  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

कैलाली । सुन्दा अनौठो हेर्दा विचित्र लाग्ने नेपाली भूमि भारतको पञ्जाबाट मुक्त हुन ठिङरिङ्ग उभिएको छ । जहाँ बर्षौदेखि नेपालीले उपभोग गर्न पाएका छैनन् । नेपालभित्रै नेपालीले आफ्नै जमिन उपयोग गर्न नपाएको पीडाले छट्पटिनु परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-१० अन्तरगत पर्ने अन्तरदेशीय दशगजा क्षेत्र नजिक रहेको करिब १६ बिगाहा जमिनमा भारतको रजगज छ । ३३,३४, ३५ , ३६ नम्बर पिल्लर नजिकका करिब १६ बिगाहा जमिन भारतीयको कब्जामा छ ।

सो क्षेत्रमा रहेको कित्ता नं ३३६,३३९,७२४,७३५ का करिब १६ कठ्ठा जमिन पूरै भारतीय एसएसबीको कब्जामा रहेको बेलौरी नगरपालिका-१० का वडा अध्यक्ष सोमलाल चौधरीले जानकारी दिए । ‘व्यक्तीको लालपुर्जा छ,मालपोत तिरेका छ तर भोगचलन गर्न भने पाएका छैनन्’ उनले भने ‘पूरै जमिन भारतीयको नियन्त्रणमा छ । केही जमिन भोगचलन गर्न दिएको भएपनि भारतीयले सो जमिन आफ्नो दाबी गर्दै किसानलाई दु:ख दिँदै आएको छ।’

जमिन भन्दा करिब ३० मिटर टाढाको टर्सरीलाई दशगजा मानिएको भएपनि भारतीयले नेपाली भू-भागलाई दशगजा मानेर नेपाली भूमिनै कब्जा गरेर बसेको उनको भनाइ छ । दशगजा क्षेत्र यताको ३४ नम्बर पिल्लर भित्र एसएसबीको क्याम्पनै निर्माण भएको उनले बताए ।

उनीहरु बेलाबेला नेपालीहरुलाई दु:ख दिँदै आएको उनले बताए । भारतमा घरायसी सामान लिन जाँदा होस् या अन्य कामका लागि जाँदा पनि सीमानाकामा नेपालीलाई दु:ख दिने गरेको उनले बताए । उनले भने ‘उता ३५ नम्बर पिल्लर नजिक जो नेपाली भू-भाग छ त्यस्मा भारतीयका १६ घर निर्माण गरी बस्ती नै बसालेको छ ।’

‘हामीले नेपाल सरकारलाई ज्ञापनपत्र दिएका छौँ,यहा रहेका सीमासुरक्षामा राखिएका सशस्त्र प्रहरी बलको बिओपी क्याम्पमा गएर निवेदन दिएका छौँ । तर, कुनै चासो दिइएको छैन’ उनले भने । यस क्षेत्रमा रहेका नागरिकले भारतीयको एसएबीबाट बेलाबेला सास्ती खेप्दै आएको उनले बताए ।

दशगजा क्षेत्र नजिक ३५ नम्बर पिल्लर यता १० कठ्ठा जमिन भएपनी एसएसबीले भोगचलन गर्न नदिएको स्थानीय केशव चौधरीले बताए ।

‘जग्गा नाममा छ,बर्षेनी मालपोत तिरेको छु । तर खनजोत गर्न जाँदा एसएसबीले लखेटेर पठाउँछ’ उनले भने ‘समस्या समाधानका लागि नेपाल सरकारले भूमिका खेल्न जरुरी छ । हामी भारतीय पक्षबाट एकदमै प्रताडित भएका छौँ ।’

हाम्रो बिषयमा बोल्ने कोही पनि छैन उनले दु:खेसो गर्दै उनले भने ‘हामी कहिले सम्म यो अवस्थामा बाँचिरहने हो । यदि नेपालीले समयमै आफ्नो सिमाको रक्षा गर्न सकेन भने भोलिका दिनमा पूरै भू-भाग भारतीयले कब्जा नगर्ला भन्न सकिदैन ।’

बेलौरी नगरपालिका_८ पचुईका तीलक चौधरीले वडा नं १० स्थित सीमा क्षेत्रको नेपाली भूमिमा जग्गा ठेक्कामा लिएर खेती गर्दै आएको बताए । उनले उक्त जग्गामा खेती गर्न अवरोध गर्ने गरेको बताए । उनले भने ‘मैले नेपाली लालपुर्जा भएको तीन विगाहा जग्गा ठेक्कामा लिएर खेती गर्ने गरेको छु । भारतीय एसएसबीले खेतीपाती गर्न दिदैन । आएर धम्काउने काम गर्छ । यहाँ खेती नगर अगाडिबाट दौडाएर पछाडिबाट गोली हान्छु भन्छ ।’

उनले भने ‘ट्याक्टर लिएर खेतमा गयो भने एसएसबीले तिम्रो ट्याक्टरको कागजात लिएर हाम्रो क्याम्पमा आउनु नआए ट्याक्टर सिज गरिदिन्छु भन्छ ।’ एसएसबीले सो क्षेत्रमा आवतजावत समेत गर्न नदिने बताए । उनले भने ‘जग्गा भएको क्षेत्रमा आवतजावत पनि गर्न दिदैन । नराम्रो शब्द बोल्छ्न । यो भारतीय जग्गा हो । यहाँ नआउनु भन्छ ।’

सीमा क्षेत्रको सीमाङ्कनमा नेपाल सरकारले ध्यान दिनुपर्ने उनले बताए । उनले भने ‘यसमा सरकारले चासो नदिए जस्तो लाग्छ । सरकारले ध्यान दिन जरुरी छ । हामीले धेरै दु:ख कष्ट खेप्नु परेको छ । भारतीय एसएसबीले हेप्ने,धम्काउने,थर्काउने काम गरेको छ ।’

अन्तर्राष्ट्रिय सीमासरोकार समूहका संयोजक पल्लवराज भट्टले संकटकालको बेला २०५९ सालमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले नापजाँच गर्दा गडबडी गरेको बताए । उतीखेर नेपालको विओपी नभएको ,देशमा द्वन्द्वको अवस्थाको मौका छोपेर नेपालबाट गएको नापीटोली उतै बसेर नापी गरेको उनले बताए ।

उनले भने ‘अहिलेको समस्या त्यो नापी हो । हामीले भन्दै आएका छौँ । त्यो नक्सा लागु भएको छैन,दुई देशमा सन्धि भएको छैन र नेपाल सरकारसँग १८७५ मा सर्वे गरेको नक्सा राखेर अहिले नक्सा सच्च्याउ भनिरहेका छौँ ।’ सो बेलाको विवादित नक्साका कारण भारतीयले नेपालीलाई दु:ख दिइ रहेको उनले बताए ।

यो समस्या दुई देशका पदाधिकारी बसेर समाधान गर्नुपर्ने उनको तर्क छ । थुप्रै जमिन भारतीयले आफ्नो भू-भाग भनेर कब्जा गरेको र नेपालीलाई दु:ख दिने गरेकोे उनले बताए ।

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन
कस्तो रहला आजको मौसम ?
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

समाचार

सबै

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

कस्तो रहला आजको मौसम ?

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.