• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् ।

बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन् । यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन् । साँझबिहान राजमार्गमा निकै भीडभाड हुने गरेको छ । यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो ।

छ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताए । तरबुजालगायत फल बिक्री गरेर दैनिक रु दुई हजारदेखि रु तीन हजार ५०० सम्म आम्दानी हुने गरेको उनले बताए ।

वैशाखदेखि असारसम्म रु तीन लाखदेखि रु पाँच लाखसम्मको कारोबार हुने गरेको उनले जानकारी दिए । “बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्”, उनले भने, “थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ ।”

पन्ध्र वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरी सकेपछि पुनः स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताए ।

“कमैयामुक्तिको घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनः स्थापना गरिँदा घर निर्माण र खेतीका लागि दश कट्ठा जग्गा उपलब्ध गराइएको थियो”, उनले भने, “जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ ।”

“अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थाल्यौँ, तरबुजा फलेका छन् । यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने । घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछन् ।

राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन् । “बिहान विद्यालय जान्छु”, उनले भनिन्, “त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु ।”

टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको उनले उल्लेख गरे । वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजालगायत बिक्री गर्दै आएका छन् ।

वनहरा नदीको बगरमा उनले दश कट्ठा जग्गामा तरबुजाखेती गरेकी छन् । “वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ”, उनले भनिन्, “अहिलेसम्म रु ६५ हजारभन्दा बढीको बिक्री गरिसकेका छौँ ।” उनका अनुसार प्रतिकिलो तरबुजा रु ३० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ ।

बीउबिजन र रासायनिक मलमा गरेर रु ३० देखि ४० हजार तरबुजाखेतीमा भएको थेग्रा राना बताउछिन् । रानाले बर्सेनि रु पाँच लाख बढी मुनाफा आर्जन गर्दै आएको बताइन् । उनले यो महिनामा २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसकेकी छन् ।

“बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा साजसब्जी साँझ नपर्दै सकिन्छ”, नन्दलाल रानाले भने, “बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन् ।” “अरु क्षेत्रमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्छ, निकै श्रम गर्नुपर्छ, घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि त्यहीँ टहरा बसेर बच्ने गरेका छौँ”, उनले भने ।

पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगरखेतीबाट मनग्गे आम्दानी हुने थाहा पाएपछि मजदुरी गर्न छाडेर तरबुजाको खेतीमा संलग्न भएको बताउछन् । वनहराबाहेक अन्य क्षेत्रका व्यापारीलाई भने त्यस क्षेत्रमा तरबुजा बेच्न भने नपाइने नियम मुक्तकमैयाले बनाएका छन् ।

तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने हुँदा प्रत्येक वर्ष खरिद गरेर लैजाने गरेको बताउछन् ।

“अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन् । त्यसैले हामी तरबुजा खरिद गर्न हरेक वर्ष यहाँ आउँछौँ”, उनले भने। रासस

बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन
कस्तो रहला आजको मौसम ?
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

समाचार

सबै

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

कस्तो रहला आजको मौसम ?

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.