अछाम । अछाममा एकजना फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बैतडी पञ्चेश्वर गाउँपालिका ४ बस्ने बर्ष २३ को मोहन बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई २०८१ माग ४ गते मानव बेचबिखन तथा ओसार पसार, शरिर बन्धक र जवर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता भई भागी फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।
उनलाई खोज तलास गर्ने क्रममा अछाम पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटी स्थित आफन्तको घरमा लुकीछिपी रहेको अबस्थामा आज प्रहरीले पक्राउ गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय अछामको हिरासत कक्षमा राखी उनलाई आवश्यक थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।













