• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो

  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।

सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो ।

दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०र०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ ।

बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आवमा नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए ।

पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।

नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।

अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए । “दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ” उनले भने, “छाङ्गरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ । ”

व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । यो सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७७र७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले बताए ।

उपकरण ढुवानी नहुञ्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीनचार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् ।

व्यास गाउँपालिका–१ का टिङ्करका वडासदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे । पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । गत फागुनमा प्राप्त पाँच करोड अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।

यसैबीच, यही वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी–टिङ्कर सडकका निम्ति कम्तीमा ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ ।

भारतले लिपुलेक–कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चिता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले बताए । रासस

शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.