• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ६. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ७. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ८. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

शुक्लाफाँटा बन्दैछ दुर्लभ वन्यजन्तुको आश्रयस्थल

  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइ शुल्लाफाँटा हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घासे मैदान (फाँट) छ । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । यहाँ घुम्न आउने आगन्तुकहरुलाई फाँटामा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिंगाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ ।

शुक्लाफाँटाको विशाल घाँसेमैदानमा मयँुर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाठेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र फाँटा पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेका र हालको दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र एक रात बास बसेको बताइन्छ ।

शुक्लाफाँटा घुम्ने मुख्य समय फागुनदेखि असारसम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फूलहरुले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ । निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटाहरु छन्, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी क्षेत्रमा हिरापुर फाँटा छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुई वटा बाटा छन् । एउटा रानीताल भएर फाँटा पुगिन्छ भने अर्को बर्कोलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । ती मचानहरुबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्वीर लिने सक्नेछन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । त्यहाँ रानी ताल सँगसंँगै अन्य ससाना तालहरु पनि छन् । त्यहाँ प्रशस्त रुपमा गोहीहरु र चराचुरङ्गीहरु देख्न पाइन्छ । जानकारहरुका अनुसार सिंहपाल राजाका रानीहरुले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको हो ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ८०–९० वटा निलगाई र ४४९ भन्दाबढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेललगायत ५३ भन्दाबढी प्रजातिहरू रहेका छन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेको बताइन्छ । शुक्लाफाँटाको छेउ पिपरियामा रहेको हात्तीसारमा हात्ती चढ्न पाइन्छ ।

निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्ले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत्र मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ विदेशी र दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरु फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशीहरु धेरै खुसी हुने गरेको बताउँछन् । शुक्लाफाँटामा शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य भएकाले ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय रमेश पन्त बताउँछन् ।

उनले भने, “यहाँबाट भारतका ठूला सहरहरु धेरै नजिक भएकाले त्यहाँ आउने पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।” उनले शुक्लाफाँटा मात्रै नभई नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गेपुल, झिलमीला ताललगायत सहायक गन्तव्य रहेको बताउँदै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकहरुको सहजताका लागि तीनवटै तहका सरकारले लाग्नुपर्ने उनको भनाइ छ । रासस

 

  • वन्यजन्तुको आश्रयस्थल
सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

समाचार

सबै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ६.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.