धनगढी । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क,वडा नं. ११ भुजेला, वडा नं. १२ मझगाँउ र बेलौरी–७ पौलाहबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य ९ लाख ३९ हजार ५४० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।
भन्सार छलीको चिनी, कुरकुरे, पेय पदार्थ, युरिया मल, भुजा, टेन्डोकल कम्प्लेट बोन फरमुला, बोन टु के सफ्ट जेल, एम भिटा सिफ्ट क्याप्सुल, साइकलका सामान, भाँडावर्तन, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।















