धनगढी । प्रहरीले कैलालीमा अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ ब्यारेल, वडा नं ७ मनेहरा र टीकापुर नगरपालिका-७ सत्तिबजार स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख १७ हजार ३१० बराबरका सामान नियन्त्रणमा लिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त मूल्यका प्याज, मिश्री, धुप, ताला, कुर्ती, सुरवाल, प्लाष्टिक झिल्लीलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।













