धनगढी । कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-२ टनकपुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जादै गरेको भे १ ज १४८६ नम्बरको हाईसले ठक्कर दिदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-११ का ४५ वर्षीय नरबहादुर कडायत मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कडायतलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाईस र हाईस चालक लम्की चुहा नगरपालिका-१ का २८ को राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।















