धनगढी । कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको टिकापुर नगरपालिका-३ कटानपुरका २१ वर्षीय विक्रम ओड पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेकोसुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













