धनगढी । कैलालीमा प्रहरीले भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाको धनगढी उपमहानरपालिका-३ बडरा, शिसा पोष्ट र जोशीपुर गाउँपालिका- ४ बाणी झोलुङ्गे पुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ५६ हजार २६० बराबरको सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका कपडा, टप्स, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













