धनगढी । कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार जिल्लाको कृष्णपुर नगरपालिका-२ वंक चौक स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर दिदा सोही ठाउँ बस्ने ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिपको ठक्करबाट घाइते भएका बिष्टलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
बोलेरो जिप र जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मोतै बस्ने २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













