धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
लागुऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका–९ बस्ने ३६ वर्षीय लिलेन्द्रकुमार थापा र हातहतियार खरखजाना मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–६ बस्ने ५८ वर्षीय यज्ञराज शाह पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।















