धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानका लागि अध्यक्ष प्रचण्डसहितको केन्द्रीय पदाधिकारीको टोली आज यहाँ आइपुगेको हो ।
अध्यक्ष प्रचण्डलार्ई धनगढी विमानस्थलमा नेताकार्यकर्ताले भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्ड सहितको टोली आजै डडेल्धुरा प्रस्थान गरिसकेको छ ।
आज डडेल्धुरामा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल नेता विवादका बारेमा छलफल हुने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए । अभियान टोली आज डडेल्धुरामा नै बास बस्ने जनाइएको छ ।
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान भोलि (शुक्रबार) बैतडीबाट सुरु हुँदैछ ।














