धनगढी । नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ । अभियानको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका छन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी र नेपालको झण्डा पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीलाई हस्तान्तरण गरी अभियानको उद्घाटन गरेका हुन् ।
यस अघि अभियानप्रति एक्यबद्वता जनाउँदै बैतडीको पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको अनावरण गरेका थिए । अभियानको शुभारम्भपश्चात अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेका थिए ।
यो अभियानको नेतृत्व अध्यक्ष ‘प्रचण्ड’ स्वयंले गर्ने छन् । अभियानमा भाग लिन पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल,गंगा दाहाललगायत नेताहरू यहाँ आएका छन् ।















