धनगढी । कञ्चनपुरमा बैंकिङ कसूर मुद्दामा फरार एकजना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ का ३७ वर्षीय गणेशसिंह साउँद रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले बैकिङ कसूर मुद्दामा १ महिना कैद सजाय र रु.७ लाख ३ हजार ५ सय जरिवाना तोकिएका साउँदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













